जनता टेलिभिजनका पूर्व प्रशासन प्रमुख सनद शाक्य बलात्कार आरोपमा पक्राउ

  • साउन ८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । जनता टेलिभिजनमा प्रशासकीय अधिकृत तथा प्राइम टेलिभिजनमा सिइओ समेत रहेका सनदमान शाक्य बलात्कार आरोपमा पक्राउ परेका छन् । असार १९ गते पिडितको उजुरिको आधारमा उनलाई बानेश्वर प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेको जनाइएको छ । काठमाडौंको असन किलागल स्थायी घर भएका ५५ वर्षिय शाक्यले यहि अषाढ १० गते राति आफुमाथी जवर्जस्ती गरेको बानेश्वर २६८३ को उजुरीमा उल्लेख छ ।

उसो त सनदमान शाक्य एक छोरीका पिता हुन् । उनकी श्रिमती पनि छिन् । तर, शाक्यले भने ति पिडित महिलालाई आफु श्रीमतीबाट अलग भइसकेर छुट्टै बस्ने गरेको, आफु अबिबाहित रहेको भन्दै आठ वर्षदेखी गुम्राहमा रोखेर, बिबाह गर्ने झुटो आस्वासन दिएर इज्जत लुट्दै गरेको तथ्य बाहिर आएको हो ।

ति महिलालले अब बिहे गनुृपर्छ भन्दा कहिले बुवा बिरामी भएर थला परेको बेला बिबाह गर्नु हुन्न भन्ने त कहिले रिन लागेको छ केहि आर्थिक जम्मा गरेर अनि हामी एक हुनुपर्छ भन्दै ढाट्ने र छल्ने गरेका थिए । तर, महिलाले आफ्नो परिवारमा सबैलाई थाहा भइसक्यो अब जसरीपनि विबाह नगरी हुन्न भन्दै जिद्दि गर्न थालेपछि शाक्यले एक्कासी आफ्नो व्यवहारमा परिवर्तन ल्याएसंगै महिलाले उनको हरेक चालढालमा निगरानी बढाएपछि शाक्य आफु संग मात्रै होइन अरु केटी संगपनि लागेको थाहा पाएपछि उनिहरुको व्यवहारमा खटपट हुन थाल्यो । उनले अन्य केही केटीहरुसंग पनि आफ्नो जस्तै व्यवहार गरेको र संगै बसेका तस्बीरहरु समेत भेटेपछि दुइ जना बिच भनाभन भयो । शाक्यले महिलालाई फकाए तिमी बाहेक हरु कोहि छैन, मैले गलत गरे अब दोहरीने छैन भन्दै माफी मागे । तर, ति महिलाले अब निक्कै छाडा हुनुभयो यहि असाढ २७ गते नै विवाह गर्नुपर्छ भन्दै अड्डि लिएपछि भने शाक्यलाई पर्नु फसाद प¥यो ।

जवसम्म बिहे हुन्न अव मलाई नछुनु भन्दै अडानमा बसेकी आफ्नी प्रेमिका संग शाक्यले १० गते राति भने जवर्जस्ति गरे । यता घरका सबैले थाहा पाइसकेको उता प्रेमिले बिबाह गर्न नमाने जस्तो ठानेपछि मानसिक तनावमा रहेकी प्रेमिकालाई शाक्यले जवर्जस्ति गरेका हुन् । त्यसपछि दुई जनाविच झनै मनमुटाव बढ्यो र शाक्यले आफु बच्न यतिवेला आफनी श्रीमतीलाई मोहडा बनाएका छन् ।

८ वर्ष सम्म लुकाएर राखेकी श्रीमती यतिवेला श्रीमानलाई छुटाउन भन्दै प्रहरी चौकी धाइरहेकी छिन् । प्रहरी हिरासतमै अनुसन्धानमाबरहेका शाक्यलाई करिब २२ दिनपछि अदालतमा उपस्थित गराउने जानकारी पाइएको छ ।

दुई वर्ष अगाडी नै टेलीभिजनको काम छोडीसकेका उनले आफ्नो घरबाट अफिसको कामले उपत्यका बाहिर जानु छ भन्दै निस्केर २ दिन, ३ दिन, ४ दिन सम्मपनि बानेश्वर २६८३ संगै बस्ने उता प्रेमिकालाई भने वुटवल, नवलपरासी, हेटौडातिर सडकविभागमा साइटको काम गर्छु भन्दै निस्किने गरेको बताइएको छ । शाक्यले ति महिला मानसिक तनावमा भएको मौका छोपी , उनलाई मायाको झुटा आश्वासन देखाएर उनको जिवनमा प्रवेश गरेको तर, जव महिलाले मनैबाट माया गर्ने आफ्नै श्रीमान भनेर सबैलाई चिनाउन थालेपछि शाक्यलाई तनाव भयो । हुनपनि किन नहोस शाक्य उनको डेरामा श्रीमान जस्तै भएर बस्ने गर्थे । उनको घरको हरेक कामकाजमा उनकै श्रीमान जस्तै उपस्थित हुन्थे । जहाँ छु भनेपनि उनलाई हरेक वर्षको तीजमा पानी खुवाउन पुगिहाल्थे ।

हरेक शुभ कार्य होस वा दुख पर्दा होस तुरुन्त उपस्थित हुने भएकाले उनले शाक्यमाथी संका गरिनन् तर शाक्यले आफुलाई कति भ्रममा राखेको छ भनेर उनलााई के थाहा ।

उनिबाट घर जानु पर्दा शाक्यले बाहिर साइटमा काम छ भन्दै घर गएर बस्ने, ति महिला महिनामा एक पटक मात्रै छुट्टी हुन्छ भन्दै ढुक्कले बस्ने, उता आफ्नो श्रीमतीलाई टिभि मै काम गर्छु महिनामा एक पटक जिल्ला जानुपर्छ छाता फिट गर्नु छ भन्दै निस्कने अनि तिन चार दिन हराउने गरेको परिवार श्रोतले जनाएको छ । परिवार श्रोतका अनुसार ५ वर्ष त साक्यले आफ्नै घरमा दुइटी केटि लिएर राखेको समेत खुलेको छ । 

शाक्यको परिवार श्रोत भन्छ, २०७२ सालको भुकम्पले उनको घर भत्किएपछि उनी परिवार सहित आफ्नो भाइ बुहारीको घरमा बस्दै आएको तर उता आफ्नो घर बनी सकेर पनि नसरेपछी परिवार मा संका लागेर खोजी नीति गर्दा दुइटा केटि आफ्नै घरमा ल्याएर राखेको रहेछ ।, आफ्नै घरमा उनलाई कसले रोक्ने ? कोहो किन राखेको भनेपछी अफिसको वहिनिहरु भन्दै टार्यो । 

यतिमात्रै होइन उनी आग्ना पिताको स्वर्गारोहण को १३ दिने कामका बेला भाईकै घरमा किरियामा बसेको तर ती केटिहरु सङ्ग भेट्न भने सडक सम्म आउने गरेको उनिहरु बताउछ्न । छिमेकिले बाउ बितेको ६/७ दिनमै सडकमा केटिको हात स्स्मातेर गफ गरेको देखेर परिवार सम्म कुरा आएको श्रोतले खुलाएको छ । श्रोत भन्छ त्यो केटि बानेश्वर २६८३ नै होकि भनेको तर होइन पो रहेछ कति केटि खेलाउन सकेको कुन्नी केटिको फोन आयोकी सडक अनि छत मा दौडिने बानी त थियो तर हामिले संका गरेर के गर्नु बुढी लाई बहाना बनाएर मनाउने रहेछ । अहिले पनि उसको पुरै गल्ती छ आफ्नो परिवार छैन भन्दै एउटा महिलाको जिवनमा खेल्न पाउछ र ? हाम्रै मान्छेको गल्ती छ के गर्नु जे गर्छ कानुन ले गर्छ ,शाक्यको परिवारका एक सद्स्यको भनाई हो यो ।

बानेश्वर २६८३ एकल महिला हुन । शाक्यले एकल भएको फाइदा उठएर आफू पनि पिडित बनेर उनको जिवनमा प्रवेश मात्रै गरेनन महिलाको भावनामाथी खेलेर बिबाहको प्रलोभन देखाएर मायाको जालमा फसिसकेपछि भने मतलव नगर्ने गरेको तथ्य सार्वजनिक भएको हो । आफ्नो बिबाह भएपनि श्रीमती भएको जानकारी नदिने, श्रमती खोइ भनेर सोध्दा हामी छुटिएर बसेका छौ, म निकै पिडत हुँ, तिम्रो र मेरो पीडा उस्तै हो तिमी सुन्न सक्दैनौ मेरो पीडा भन्ने र श्रीमती, छोरी तथा कुनै पनि परिवारको तस्वीर सम्म समेत सामाजीक संजालमा नराख्ने, परिवारका सबै सदस्य आफैले पाल्नु पर्छ, भाइले कुनै सहयोग गर्दैन भन्दै आफु विचरा बनेर केटिहरुको जिवनमा प्रवेश गर्ने अन्य महिलासंग बैबाहिक सम्बन्ध र लिभिंग टुगेदरको सम्बन्धमा बस्ने, बिबाह गर्नुपर्ने बाध्यता आए आए उल्टै तिनै महिलामाथी नभएका आरोप लगाएर छाड्ने गरेको खुल्नमा आएको छ ।

सुरुका दिनमा बानेश्वर २६८३ ले कार्यालयका अन्य केटीहरुसंग पनि आफुजस्तै व्यवहार गरेको संका लागेपछि टाढिने प्रयास गर्दा शाक्य रुदै उनको घरसम्म आउने र माफि माग्दै प्रेमिकालाई फकाएर जाने गरेको बताइन्छ । ति महिलालाई एक छिन नदेख्दा पनि आफु बाच्न नसक्ने, तिमी नबोले म मर्ने, या मलाई मार या म संग टाढा नहोउ, तिम्रा लागि म छु त कान्छु यतिका वर्ष त कुरेउ अब केही दिन मात्रै प्रतिक्षा गर भन्दै उनको भावनामाथी खेल्दै आएका शाक्यले यतिवेला भने आफ्नो घरपरिवारले थाहा पाए मेरो बदनाम भयो भन्दै उल्टै ति महिलालाई आरोप लागाउने गरेका छन् ।

पिडत महिला र शाक्य बिच भएका करिब आठ वर्ष देखिका उनिहरुका अस्लिल तस्विरहरु सुरक्षित हामीले प्राप्त गरेका छौं । जुन अध्ययन गरेपछि लाग्छ महिलाको भावनामाथी शाक्यले नराम्रो संग खेलेका छन् र उनले साथ खोजेपछि भने टाडिने प्रयास गरेका छन् ।

यसरी कुनैपनि महिलालाई झुक्याएर, फकाएर झुटा आश्वासन दिएर बिबाह गर्छु भन्दै शारिरीक शोषण गर्ने, एकल महिलाको भावनामाथी खेल्ने र श्रीमती छैन भन्दै झुक्याउनु बलात्कार हो, अपराध हो । यस्ता अपराधीलाई कानुनी कारबार्ही हुनैपर्ने महिला अधिकारवादीहरु बताउछन्  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved