काठमाडौँ। त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।
त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ ।
जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।
विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ। दुर्घटनाका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी छ
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved