ग्लोबल टी-२० : दीपेन्द्रले ३० रन बनाउँदा सन्दीपको एक विकेट

  • साउन १४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्।

टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले ७ विकेटको क्षतिमा १४४ रन बनायो। मोन्ट्रियलविरुद्धको बलिङमा नेपालका सन्दीप लामिछानेले एक विकेट लिए। चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएर एक विकेट हात पारेका हुन्।

योसँगै प्रतियोगितामा उनले तीन खेल खेल्दा व्यक्तिगत चार विकेट हात पारेका छन्। १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभरका लागि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने नटआउट ३० रन बनाए। १५ बलको सामना गरेका दीपेन्द्रले तीन चौका र एक छक्का प्रहार गरे।

नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि भ्यानकुभरले लगातार तेस्रो हार खाएको छ। यसअघिका दुवै खेलमा गुमाएको भ्यानकुभरले आइतबार रातिको खेल १० रनले गुमाएको हो। १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर ६ विकेटको क्षतिमा १३४ रनमै समेटिएको हो। सन्दीप ब्याटिङतर्फ दुई बलको सामना गरेका सन्दीपले नटआउट १ रन बनाए। ६ टोली सहभागी प्रतियोगितमा भ्यानकुभर जितबिहीन छ।

यसअघि शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको थियो। उक्त खेलमा लामिछानेले दुई विकेट लिएका थिए। पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्।

ब्याटिङतर्फ २ बलको सामना गरेका दीपेन्द्रले १ रन मात्र जोडेका थिए। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडेका थिए।

भ्यानकुभरको पहिलो खेल

पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो।

टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो। सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए।

ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो। रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved