नागढुङ्गा नजिक पहिरो जाँदा अवरुद्ध त्रिभुवन राजपथ एकतर्फी खुल्यो

  • भदौ ५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपालको राजधानी काठमाडौँ प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले एकतर्फी खुलेको छ।

साँझ ५ बजेबाट एकतर्फी खुलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। काठमाडौँ प्रवेशको मुख्य नाका त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा नजिक विहान १० : २० बजेको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको थियो। दिनभर वर्षा जारी रहेकाले पछिरो पन्छाउन समस्या भएको थियो।

अहिले वर्षा केही रोकिएकाले पहिरो पन्छाएर एकतर्फ खुलाइएको हो। नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार नागढुंगाको सुरक्षा चौकीबाट करिब तीन सय मिटर पर ठूलो पहिरो खसेको थियो। ३ वटा एक्स्साभेटरको प्रयोग गरेर पहिरो पन्छाइएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved