केएमसीमा बालरोग उपचार मजबुद बन्दै, पेट र न्यूरोलोजी मस्तिष्क विशेषज्ञको सेवा थपियो

  • भदौ ६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड केएमसीले भदौ १ गतेदेखि बालरोग पेट विशेषज्ञ र न्यूरोलोजी मस्तिष्क विशेषज्ञको सेवा सञ्चालन गरेको छ ।

डा शर्माले सम्हालेपछि केएमसीले अधिक भन्दा अधिक सेवा उद्धेश्य बनाएसँगै भदौ १ गतेदेखि बालरोगका विभिन्न विधासमेत थपेर उपचार सेवालाई थप मजबुत बनाइएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

बालरोग विशेषज्ञहरु एसोसिएट प्रोफेसरद्वय डा दिलिप न्यौपाने र डा सन्तोश मिश्रले उक्त सेवा दिइरहेको पनि केएमसीले जनाएको छ । चिकित्सकहरुले बताएअनुसार बालरोग ग्यास्ट्रोएन्टेरोलोजी, हेपाटोलोजी र प्यान्क्रियाटोलोजी बालरोगका विशेष शाखाहरू हुन् जसले शिशु, बालबालिका र किशोरकिशोरीहरूमा पाचन प्रणाली, कलेजो र प्यान्क्रियाज सम्बन्धी समस्याहरूको पहिचान, उपचार, र व्यवस्थापनमा केन्द्रित हुन् छ।

यी प्रत्येक क्षेत्रले बालबालिकाको स्वास्थ्य र कल्याण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved