चितवन । विगत ४ दिनदेखि चितवनमा रहनु भएका राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह बुधबार दिउँसो देवघाट पुग्नु भएको छ ।
परिवारका सदस्यसहित राजा शाहले कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट धाम पुगेर दर्शन गर्नु भएको हो । उहाँ डुंगा चढेर कालिगण्डकी पुग्नु भएको थियो ।
उहाँको स्वागतमा ९ जना कन्याहरुले स्वस्ती वाचन गरेका थिए । राजा शाहको देवघाट भ्रमणको व्यवस्थापन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले गरेका थिए । २८ माघमा चितवन आइपुग्नु भएका शाह पटिहानीको सोल्टी होटलमा बस्दै आउनु भएको छ ।
उहाँ मंगलबार भने सौराहा पुग्नु भएको थियो । गत बर्ष पनि उहाँ पटिहानी आएर ८ दिन बस्नु भएको थियो । उहाँ चितवनमा रहँदा सम्म चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ । यसका अलावा उहाले त्यहाँका स्थानिय सङ्ग भेटघाट, स्थानीयका समस्या र गुनासा सुन्ने कार्य पनि तिब्रता दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved