अत्यावश्यक वस्तुको अभाव हुन नदिई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउँछौं-आपूर्तिमन्त्री भण्डारी

  • भदौ २७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडवाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराइने बताएका छन् ।

बिहीबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउएका हुन्।

मन्त्री भण्डारीले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको बताए । उनले साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताए ।

मन्त्री भण्डारीले सरकारले मन्त्रीपरिषद्को बैठकबाट चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएको बताए । उनले असोजको ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिए । उनले चामल, दालमा ५ रुपैयाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताए।

मन्त्री भण्डारीले कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गरे । चिनी, दाल, चिउरा, नुन, मैदा लगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताए।

मन्त्री भण्डारीले अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved