टेक्सासमा कन्सुलर कार्यालयको माग गर्दै परराष्ट्रमन्त्री राणालाई ज्ञापन पत्र

  • भदौ २८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले टेक्सासमा कन्सुलर कार्यालयको माग गर्दै परराष्ट्रमन्त्री आरजु राणालाई बुझाए ज्ञापनपत्र बुझाएका छन् ।

उनले आरजु राणाको कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा अमेरिकामा बसोबास गर्ने करिब ७ लाख भन्दा बढि नेपालीको सहजताको माग गरिएको छ । क्यालिफोर्निया, टेक्सस, क्लोराडो लगाएतका ठाउमा बसोवास गर्ने नेपालीलाई कागजी काम कारबाहीका लागि दुःख भइरहेको हुँदा आवश्यक पहल गरि टेक्सासमा कन्सुलर कार्यालय खोल्न माग गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ – ‘क्यालिफोर्निया, टेक्सस, क्लोराडो लगायतका क्षेत्रमा करिब ४ लाख बराबर नेपालीहरु बसोबास गर्दछन् र हाम्रो नेपाली राजदुताबास वासिङटन डिसिमा अवस्थित छ । नेपाली दुतावासदेखि क्यालिफोर्नियासम्म ४५२५ किलोमिटर र डालस देखि डिसि सम्म २१४० किलोमिटर लामो दुरि रहेको छ, त्यहाँ बसोबास गर्ने नेपालीहरुले हरेक कागजी काम कारबाहीका लागि दुःख खेपिरहेको अबस्था छ ।

यो समस्या समाधानका लागि टेक्सस एउटा कान्सुलर कार्यालय व्यवस्थापन गर्नाका लागि मन्त्रीज्यू मार्फत आवश्यक पहल गरी दिनुहुन माननीय मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु ।’ पछिल्लो केहि दिनयता शाहीले अमेरिकामा रहेका नेपालीको पक्षमा आवाज उठाइरहेका छन् । उनले अमेरिका भ्रमणबाट फर्किए लगत्तै सदनमा समेत उक्त विषय उठाएका थिए ।

प्रधानमन्त्री लगत्तै अमेरिका जाने सन्दर्भ जोड्दै उनले टेक्सासमा एउटा कन्सुलर कार्यालय खोल्न सके प्रधानमन्त्रीको भ्रमण सफल हुने बताएका थिए ।

FB_IMG_1726189299442

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved