दुर्गा प्रसाई पक्राउ पर्ने बित्तिकै सुनिल शर्मा जंगिदै आए मिडियामा,तुरुन्त न छाड़े जे पनि हुने चेतावनी

  • असोज ६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्माले मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेकोप्रति आपत्ति जनाएका छन् ।

उनले प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निशर्त रिहाइको माग गरेका छन् । उनले भनेका छन्, 'सरकारले जनतालाई डेलिभरि दिने, समयसापेक्ष जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर सरकारका गलत कामका विरुद्ध बोल्ने, सरकारलाई खबरदारी गर्ने अभियन्ताको बोली बन्द गराउने गलत नियतले दुर्गा प्रसाईंजीलाई गिरफ्तार गरिनु राज्य आतंक हो ।'

उनले अगाडि भनेका छन्, 'लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार हो । सरकारलाई हेक्का रहोस्, दैनिक विदेशिन परेका हजारौँ युवाको विवशता, कर्णालीमा तुइनबाट खसेर मृत्युवरण हुनुपरेको विद्ममान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरबौँ रकम विदेशिन परेको वर्तमान परिस्थितिबारे सरकार अन्धो छ । तर गरिब र निमुखाहरुको आवाज बोक्ने अभियन्ता दुर्गा प्रसाईलाई गिरफ्तार गर्नतर्फ सरकारको ध्यान छ ।

यो भन्दा ठूलो राज्य अपराधीकरण के हुन्छ ?' उनले अगाडि भने, 'तत्काल सरकार र राज्यका जिम्मेवार निकायमा बसेका शासकहरुलाई सुध्रिन ध्यानाकर्षण गर्दछु । लोकतन्त्रको घाँटी निमोठ्ने काम बन्द गरियोस् । तत्काल सामाजिक अभियन्ता दुर्गा प्रसाईको निशर्त रिहाईको माग गर्दछु ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved