रुसि आक्रमणको धम्की पछि युक्रेनको संसद अवरुद्ध

  • मंसिर ८, २०८१
  • कालापानी मिडिया
alt

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै किएभले शुक्रबार संसद् बैठक स्थगित गरेको छ।

मस्कोले युक्रेनमाथि ३३ महिना लामो आक्रमणपछि यसै साता निप्रो शहरमा आणविक क्षमताको मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै तनाव थप बढेको हो। शुक्रबार पुटिनले पश्चिमा मुलुकमाथि आक्रमण गर्ने धम्की दिँदै आफू जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेको बताएको सम्बोधनलाई संयुक्त राज्य अमेरिकामा बुझिएको क्रेमलिनले बताएको छ।

अमेरिका र बेलायतले किएभलाई रूसी भूमिमा आक्रमण गर्न अनुमति दिएका देशहरूमाथि आक्रमण गर्ने अधिकार मस्कोसँग सुरक्षित रहेको पुटिनले बताएका थिए। नेटो र युक्रेनी अधिकारीहरूले ब्रसेल्समा मङ्गलबार बैठक गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतहरूले एएफपीलाई बताएका छन्।

रूसी ड्रोन र क्षेप्यास्त्रको निशानामा पर्ने आक्रमणको त्रासमा किएभस्थित युक्रेनी संसद्ले सरकारलाई शुक्रबार सोध्ने भनिएको सामान्य प्रश्नहरूको कार्यक्रमलाई रद्द गरेको छ। किएभको मध्य क्षेत्रमा रहेको संसद्सँगै राष्ट्रपति, केन्द्रीय बैंक र अन्य सरकारी भवनहरू छन्।

राजधानीका अन्य भागको तुलनामा यो अहिलेसम्म बम विस्फोटबाट जोगिएको छ र पहुँचलाई सेनाले कडाइका साथ नियन्त्रण गरेको छ। केही सांसदले आफूले टाढाबाट काम गरिरहेको र शुक्रबारको संसद् बैठक स्थगित गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved