२७ करोड भारतीय रुपैयाँमा बिक्री भए ऋषभ पन्त

  • मंसिर १०, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँगै उनी आइपिएलका सर्वाधिक महँगो क्रिकेटर बने।

आइपिएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले महँगो रकम खर्चेको हो। यसै गरी पन्जाब किङ्ग्सले पनि श्रेयस एयरका लागि २६ करोड ७५ लाख भारतीय रुपैयाँ रकम खर्च ग¥यो। श्रेयसको बेस प्राइस दुई करोड मात्र थियो।

पछिल्लो आइपिएलमा अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्क कीर्तिमान रकममा बिक्री भएका थिए। सो समय कोलकाता नाइट राइडर्सले स्टार्कमाथि २४ करोड ७५ लाख भारतीय रुपियाँ खर्चेको थियो। यसपालि स्टार्क ११ करोड ७५ लाखमा दिल्ली क्यापिटल पगे।

यसै गरी आइतबार तेज बलर अर्सदीप सिंह १८ करोड भारतीय रुपियाँमा पन्जाब किङ्ग्स र मोहम्मद सामी १० करोड भारतीय रुपियाँमा सनराइजर्स हैदरावादमा पुगेका छन्। इङ्् ग्ल्यान्डका जस बटलरलाई गुजरात टाइटन्सले १५ करोड ५० लाख रुपियाँमा खरिद ग¥यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved