अस्पताल बाटै राणाले भने राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दूवादी र राजसंस्थावादीहरू मिलेर आन्दोलन गरौँ

  • पुस १, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाएको कारण विद्यमान व्यवस्थाबाट मुलुक बन्न र बच्न गाह्रो भएको बताएका छन् ।

भारतको मुम्बईमा उपचारको क्रममा रहेका राणाले वक्तव्य जारी गर्दै अब तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दूवादी र राजसंस्थावादीहरू एकजुट भएर मुलुक जोगाउने आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन् । राणाले भनेका छन्, ‘भ्रष्ट व्यवस्था र शासकहरूले देशलाई खोक्रो पारिसकेका छन् । यो बेलामा सबै शक्तिहरू एक ठाउँमा आएर मुलुक जोगाउन आन्दोलन गर्न ढिलाई गर्नु हुँदैन ।

तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दूवादी, राजावादीहरू चुप लागेर मुकदर्शक भएर बस्नु हुँदैन । अहिलेको व्यवस्था र प्रणालीबाट मुलुक बन्न पनि सक्दैन र बच्न पनि निकै गाह्रो छ ।’ दिनप्रतिदिन मुलुक समस्याको चक्रब्यूहमा भासिँदै गएको उनको भनाई छ । राणाले थपे, ‘सरकार राष्ट्रिय मुद्दा र समस्याहरूमा केन्द्रीत हुनुको सट्टा व्यक्तिगत प्रतिशोध साँध्न व्यस्त छ ।’ समान विचार भएका दल, संघ, संगठन, अभियान, अभियन्ताहरूसँग वार्ता, छलफल गरी एकतावद्ध भएर अघि बढ्ने वातावरण राप्रपाले तत्काल निर्माण गर्नुपर्ने भन्दै उनले यसको अगुवाई राप्रपाले नै गर्नुपर्छ भने ।

राप्रपाको बस्न लागेको कार्यसम्पादन समिति बैठकमा यस विषयमा गम्भीर छलफल हुनुपर्ने राणाको सुझाव छ । उनले भने, ‘हामी फराकिलो ढंगले देशलाई केन्द्रमा राखेर बुद्धिमत्तापूर्वक अघि बढ्नुको विकल्प छैन । सानातिना कुरामा अल्झिने, पूर्वाग्रह र संकिर्णता बोक्ने छुट हामीलाई छैन । एकतावद्ध हुँदै अघि बढौं ।

हाम्रो विचार र बाटो नै मुलुकको लागि सुहाउँदो छ ।’ मुम्बईमा स्वास्थ्यलाभ गरिरहेका राणाले स्वास्थमा उल्लेखनीय सुधार आएको र अब चाँडै स्वदेश फर्कने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved