एनपिएल : बिहीवार दोस्रो क्वालिफायरमा जनकपुर र कर्णालीबीच प्रतिष्पर्धा

  • पुस ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । सुदूरपश्चिम रोयल्स बुधवार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेसँगै जनकपुरले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग भोलि (बिहीवार) दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछ।

दोस्रो क्वालिफायरको विजेताले सुदूरपश्चिम रोयल्ससँग एनपिएल उपाधिका लागि खेल्नेछ। बलियो प्रतिद्वन्द्वी मानिएको जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमविरुद्ध जनकपुरको यो लगातार दोस्रो पराजय हो। यसअघि लिगमा पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।

प्लेअफमा पनि सुदूरपश्चिमले विजययात्रा कायमै राख्यो। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। कर्णालीले पनि बुधवार नै इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित पारेको हो।

आजको पहिलो खेलमा कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गरेको हो। जनकपुर र कर्णालीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भोलि दिउँसो साढे १२ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved