डा.कोइराला र डा.शर्मा किन जाँदै छन त धनगढी ?

  • पुस ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका इतर समूहका नेता डा. सुनिल शर्मा भोलि शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।

शर्माका निजी सचिवालयका अनुसार उनले धनगढीमा रहँदा नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट तथा पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन्। कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालासँगै उनी त्यसतर्फ जान लागेका हुन् । शुक्रबारका कार्यक्रमहरूमा उनले सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै समयमा भेटघाट गर्ने र जिल्लागत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

पुस ६ गते शर्माले भातृ तथा शुभेच्छुक संस्थाहरूसँग भेटघाट गर्नुका साथै नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। डा. कोइराला र डा. शर्मासँगै नेताहरू हृदयराम थानी, गोविन्द पोखरेल ,गुरुराज घिमिरे, संजय गौतम लगायतका नेताहरूले पनि प्रदेश अधिवेशनलाई सम्बोधन गर्नेछन्।

यस अवसरमा, नेताहरूले सुदूरपश्चिमका स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved