राप्रपा नेपालले हिन्दु धर्म र धर्मालम्बीहरुको रक्षार्थ नेपाल सरकारलाई बुझायो ज्ञापन पत्र

  • पुस ४, २०८१
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । बगंलादेशमा रहेका अल्पसंख्यक हिन्दुहरु प्रति भैरहेको अत्याचारको विरुद्धमा सरकारलाई एक राजनितिक पार्टीले ज्ञापन पत्र बुझाएको छ । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

राप्रपा नेपालले हिन्दु धर्म र धर्मालम्बीहरुको रक्षार्थको लागि उक्त विज्ञप्तीमा “मित्र राष्ट्र बंगलादेशमा शेख हसिना सरकारको तक्ता पलट पश्चात,इस्लामिक कट्टरपथी समर्थक सरकार स्थापित भए देखी त्यहाँका अल्पसंख्यक हिन्दु तथा मन्दिरहरु प्रति जुन अमानवीय व्यवहार भै रहेको तथ्य सर्व विदित भएको उल्लेख गर्दै हिन्दु सनातन सभ्यताका प्रतीक मन्दिरहरु सुनियोजित तरिकाबाट नष्ट पारिदै छन् र सनातन समर्थक हिन्दुहरुको सामुहिक हत्या, बलात्कार जबरजस्ती धर्मान्तरण गरी पासविक घटनाहरुले आजको मानव सभ्यता नै शर्मसार हुन गएको’’ विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

अहिले सनातन हिन्दु धर्ममा अंकुश लगाउने र प्राचिन सभ्यताको नै नामनिसाना मेटाउने खालका क्रियाकलापहरुको विरुद्धमा गम्भीर भएर लाग्नु पर्ने राप्रपा नेपालको धारणा रहेको पनि ध्यानाकर्षण गराएको थियो । राप्रपा नेपालले दिएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सम्मानिय प्रधानमन्त्री,मन्त्री परिषदको कार्यालय सिंह दरबार काठमाडौ सम्म तत्कालै ज्ञापन पत्र पुगाउने प्रतिवद्धता जनाएका थिए ।

उक्त ज्ञापन पत्र बुझाउने कार्यक्रममा राप्रपा नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष घनश्याम रावल, केन्द्रिय सह महामन्त्री शेर बहादुर चन्द, उपाध्यक्ष नरेन्द्र बहादुर चन्द, सचिव हरिहर पाण्डेय, कृष्णानन्द भट्ट लगायतहरुको उक्त कार्यक्रममा सहभागितामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved