पार्टी सभापति संग कुनैपनी असमझदारी छैन-डा. कोइराला

  • पुस ६, २०८१
  • कालापानी मिडिया
alt

धनगढी । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै किसिमको असमझदारी नभएको बताएका छन् ।

सुदूरपश्चिम भ्रमणको लागि शुक्रबार धनगढी पुगेका नेता कोइरालाले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । सभापति सबैको साझा व्यक्ति हुनुहुन्छ, उनले भने, उहाँसंग कुनै किसिमको असमझदारी छैन । बाहिर आउने कुरामा सत्यता छैन ।

उनले पार्टी महामन्त्री गगन थापासंग पनि कुनै विवाद नरहेको बताए । कोइरालाले १५औँ महाधिवेशनका लागि आफू स्वभाविक सभापतिको दाबेदार रहेको बताए । यस्तै कोइरालालाई धनगढी विमानस्थलमा १५ किलोको मालाले स्वागत गरिएको छ ।

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर खडकाले १५ किलोको माला लगाइएको बताए ।

पार्टी सभापति देउवाको गृहजिल्ला डडेल्धुराको एक टिमले माला लगाएको हो । कोइराला धनगढीमा हुँदा महाधिवेशन केन्दित कार्यक्रममा व्यस्त रहनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved