काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको ८० औँ जन्मजयन्ती आज मनाइँदैछ । नेपालीहरुले आज देशभर विभिन्न कार्यक्रम गरी राजा शाहलाई सम्झदैँछन् ।
राजा वीरेन्द्र नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय राजा हुन् । राजा महेन्द्रको जेष्ठ पुत्रको रुपमा जन्मिएका राजा वीरेन्द्रले पिताकाे शासनकालको राम्रै अनुभव पाएका थिए ।
राजा वीरेन्द्र वीर विक्रम शाह वि.स. नेपालका दशौं शाहवंशीय राजा थिए । शाहले वि.सं. २०२८ देखि वि.स. २०५८ जेठ १८ गतेसम्म नेपालको शासन गरेका थिए ।
वीरेन्द्रको जन्म वि.सं.२००२ साल पुष १४ गते भएको थियो । उनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो । माध्यामिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उनले बेलायतको इटन कलेजमा पढेका थिए ।
पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि.स. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved