कोरोनाका कारण हास्य कलाकारको मृत्यु

  • चैत १७, २०७६
  • कालापानी मिडिया
alt

१७ चैत, काठमाडौं । जापानका हास्य कलाकार केन शिमुराको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ७० वर्षका शिमुराको भाइरसका कारण आइतवार बेलुका निधन भएको हो ।

मिडिया रिपोर्टका अनुसार सोमवार विहान उनको कोरोना भाइरसका कारण निधन भएको पुष्टि भएको हो । शिमुरा देशका एकदमै चर्चित हास्य कलाकार थिए उनले आफ्नो करियरको शुरुवात ७० को दशकमा गरेका थिए ।

उनले २० मार्चमा रुघाखोकी र निमोनिया भएको बताएका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । २३ मार्चमा उनलाई कोरोना पोजिटिभ पाइएको थियो । कोरोना टेस्ट पोजिटिभ पाइएका उनी नै पहिला जापानी सेलीब्रेटी थिए । उनको वास्तविक नाम नामयासुनोरी शिमुरा थियो ।

उनले ७० देखि ८० को दशकमा जापानका घरघरमा नाम कमाएका थिए । उनले चर्चित टिभी शोमा पनि काम गरिसकेका थिए । जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण ५४ जनाको मृत्यु भईसकेको छ । साथै जापानमा १ हजार ८ सय ६६ जनामा भाइरसको संक्रमण देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved