रहेनन् पत्रकार श्यामसुन्दर पुडासैनी

  • पुस २०, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको उनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीले जानकारी दिए।

नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट कपनस्थित रहेको कोठामा फर्किएका थिए। कोठामा फर्किएको केहीबेरमै साढे १० बजेतिर उनी एक्कासी ढलेका थिए। तत्काल घरपति र छिमेकीले उनलाई चावहिलस्थित अस्पताल पुर्‍याएका थिए।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरे। उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। अहिले उनको काठमाडौंको टिचिङ अस्पताल मा पोस्टमार्टम भएरहेको र आजै दिउसो पशुपति आर्यघाटमा उनको अन्तिम सस्कार गरिने जानकारीमा आएको छ ।

वाकोटमा जन्म घर भएका उनले हिमालय टाइम्स​,माउण्टेन टेलिभिजन, प्राइभटाइम्स टेलिभिजन र रेडियो अन्नपूर्णलगायत सञ्चारमाध्यममा समेत काम गरेका थिए।

सत्य र खोजमुलाक समाचार लेख्ने उनी एक निडर अनि निस्पक्ष पत्रकारका रुपमा हेरिन्छन । एक असल, साहसी निडर अनि सत्यको पक्षमा कलम चाल्ने होनहार अनि मिलनसार मित्र गुमाउँदा सिङ्गो संचार जगत नै शोकमा डुबेको छ । यस्ता मिलनसार मित्रलाई कालापानी मिडिया परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved