हिन्दुराष्ट्र बनाउने अभियानमा अधिकारीलाई साथ दिन देउवाकोआग्रह

  • फागुन १, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन भएको छ।

बुधवार काठमाडौँमा एक कार्यक्रमबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले डा. अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहेको उल्लेख गरे। नेपाल हिन्दु राष्ट्र बन्न सक्छ वा सक्दैन यसै भन्न नसकिने देउवाको भनाइ थियो। देउवाले हिन्दुराष्ट्र बनाउने अभियानमा अधिकारीलाई साथ दिन पनि आग्रह गरे।

सभापति देउवाले भने, ‘उहाँ मेरो सानैदेखिको साथी हो। अहिले हिन्दुराष्ट्र बनाउने अभियानमा हुनुहुन्छ‚ कतिको सफल हुन्छ‚ थाहा छैन, उहाँलाई साथ दिनुस्।’

सभापति देउवाले डा. अधिकारीसँग धेरै कुराको अनुभव रहेको भन्दै देशका लागि आत्मवृत्तान्त पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved