एजेन्सी काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन्। ‘भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ’, मोदीले भने, ‘भारत र अमेरिकाबीचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ। हामी इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउनसँगै काम गर्नेछौँ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved