ट्रम्पले गरे झण्डै १० हजार सङ्घीय कर्मचारीलाई बर्खास्त

  • फागुन ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै १० हजार जना सङ्घीय कर्मचारीलाई बर्खास्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवा लगायतका विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बर्खास्तीमा पर्नेहरूमा धेरैजसो परीक्षणकालमा रहेका कर्मचारीहरू रहेका छन् । बोस्टनको अदालतले कर्मचारीलाई निष्कासन गर्ने बाटो खुला गरिदिएपछि ट्रम्पले एकैपटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गर्नुभएको हो ।

ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न सङ्घीय कर्मचारीहरूलाई इमेल पठाएको थियो । स्वेच्छिक राजीनामा गर्दा आउँदो सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो । इमेल पाएकामध्ये ७५ हजार जना कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जवाफ फर्काएका थिए ।

यसैबीच बर्खास्तीमा परेका कर्मचारीहरूले आफूहरू राज्यको धोखाधडीमा परेको गुनासो गरेका रोयटर्सले जनाएको छ । ट्रम्पले कर्मचारीको सङ्ख्या घटाएर खर्च कटौती गर्ने जिम्मेवारी सरकारी दक्षता विभाग ९डीओजीई० का प्रमुख एलन मस्कलाई दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved