यो देश बाबुराम भट्टराईको बिर्ता नभएको राप्रपा नेता लोहनीले टिप्पणी,फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाव

  • फागुन ९, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन्। नेपाल देश भट्टराईको बिर्ता नभएको समेत लोहनीले टिप्पणी गरेका छन्।

‘के यो देश तपाईको बिर्ता होरु अथवा तपाईमा अझ पनि स्टालिनवादको रन्को बाँकी छरु अरू सबै बेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन विस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा लोहनीले सामाजिक सञ्जालमा भनेका छन्।

राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो बक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धिका लागि सहयोग गर्न देशवासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले राजाले सीमा नाघेको र कारबाही गर्नुपर्ने मत सार्वजनिक गरेका थिए।

भट्टराईको सो भनाइप्रति कटाक्ष गर्दै डा लोहनीले प्रतित्यत्तर दिएका हुन्। ‘मित्र बाबुराम भट्टराईजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईंलाई धेरै रिस उठेछ। तपाईँ धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भने।

‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु सहयोग गर्नुस् भन्न नपाइने ?’ उनले भने।

राप्रपाका पूर्वअध्यक्ष लोहनीले भट्टराईलाई नयाँ पार्टीका लागि शुभकामनासमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved