धनगढीमा हुने मोटरसाइकल र्‍यालीमा सहभागी हुन राप्रपा महामन्त्री राणाको आह्वान

  • फागुन ११, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले राजंसस्था, सनातन हिन्दु अधिराज्य पूनःस्थापना गर्ने लक्ष्य लिएर धनगढीमा आयोजित बृहत मोटरसाइकल र्‍यालीमा सहभागी हुन आम नेपालीलाई आह्वान गरेका छन् ।

‘राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पूनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य सहित यही फागुन १३ गते, धनगढीको अतरियाबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्‍याली आरम्भ हुँदैछ,’ राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले आइतबार एक सन्देश सार्वजनिक गर्दै भने । ‘यस अवसरमा एकजुट भएर अघि बढ्न, मोटरसाइकल र्‍यालीमा सहभागी हुन आम नेपाली दिदीबहिनी दाजुभाइ, समान विचारधारा भएका दल, समूह, अभियान, व्यक्ति, संस्थालाई अनुरोधका साथ आह्वान गर्दछु,’ राप्रपा नेता राणाले भने ।

राष्ट्रिय झण्डामा आयोजना हुने बाइक र्‍यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरुको सहभागिता रहने बताइएको छ । राप्रपा कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अतरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्‍याली आरम्भ हुनेछ ।

राप्रपाले चैतमा काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रुपमा सात प्रदेशका सात प्रमुख शहरहरुमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । यस क्रमको सुरुवात मंगलबार धनगढीबाट हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved