जनकपुरमा आजको उच्चतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने अनुमान

  • फागुन १८, २०८१
  • कालापानी मिडिया
alt

जनकपुराम । आजदेखि मौसममा पूर्णरुपमा सुधार आएको छ । काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा आज घाम लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । जनकपुरमा आजको उच्चतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको हो ।

भैरहवा, सिमरा र विराटनगरमा २९ देखि ३१ डिग्री, त्यस्तै धनगढी, नेपालगञ्ज र विरेन्द्रनगरमा २७ देखि २९ डिग्री, धरानमा २८ देखि ३० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ ।

काठमाण्डौमा आजको उच्चतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान छ । यी कुनै पनि शहरमा पानी पर्ने सम्भावना छैन । आज सबैभन्दा कम तापक्रम जुम्लामा राति माइनस एक डिग्रीसम्म रहने महाशाखाको अनुमान छ । अब क्रमिक रुपमा गर्मी बढ्दै जानेछ ।

काठमाण्डौमा पनि घाम लागेसँगै आज आकाश खुलेको छ । हिजो परेको पानीले वायु प्रदूषणको मात्रा पनि केही घटेको छ । देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नहुँदा अब तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताए । 

प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।

weather_-final_nCT1qoXxyc

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved