राष्ट्रवादीहरुले राजाको भव्य स्वागत गर्दै, लाखौं जनता सडकमा उतार्ने महामन्त्री राणाको भनाई

  • फागुन २५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ। राजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा शक्ति प्रदर्शन हुँदैछ ।

राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका हुन् । पोखरामा रहेका राजा शाह आज काठमाडौँ फर्किँदै हुनुहुन्छ ।

उहाको स्वागतमा राजतन्त्र र हिन्दुराज्य पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे राजा काठमाडौँ फर्किदै हुनुन्छ ।

सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२-१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले भने, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ।’

राजतन्त्र पुनःस्थापना पक्षधरहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन्। उनीहरूले राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्न सकिन्छ र सरकारको भूमिका कस्तो बनाउने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन्।

लामो समयदेखि पोखरा रहनुभएका राजा ज्ञानेन्द्र शाहको वक्तव्यपछि राप्रपा, राप्रपा नेपाल, राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, राष्ट्रिय शक्ति नेपाल, शाही युवा शक्ति नेपाल, शिव सेना नेपाल, एटिएफ, आरटिएफ, वीर गोर्खाली अभियानलगायत राजा तथा हिन्दूवादी समूहले आज राजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम गर्दैछन्।

स्वागत कार्यक्रममा केही प्रमुख नेताहरू भने एयरोर्टमा जाने तर धेरै जनता हुने भएकोले एयरपोर्ट बाहिरको मुख्य गेट बाहिर लामबद्ध रहने राप्रपाका महामन्त्री धवलशमशेर राणाले जानकारी दिए । उनले भने, ‘एयरपोर्टबाट उहाँ बाहिरिएपछि गौशाला, चावहिल, महाराजगञ्ज हुँदै निर्मल निवाससम्म र्‍याली जानेछ।’ सरकारको १० हजार अनुमान भए पनि आज लाखौंको संख्यामा सर्वसाधारण सडकमा आउने छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved