डा. सुनिल शर्माले गरे नोस्तहिम मियाको निःशुल्क उपचारको व्यवस्था

  • फागुन २५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर तड्पिरहेका बाराको प्रसौनी गाउँपालिका वडा नम्बर-३, नौतनका ३२ वर्षीय नोस्तहिम मियाको निःशुल्क उपचारको व्यवस्था गरेका छन्।

मियाकी श्रीमती शाहबुन खातुनले श्रीमानको उपचार गराउन समाजसँग सहयोगको अपिल गरेकी थिइन्। उनका अनुसार श्रीमानलाई पथरीको समस्या भएपछि भारतको खैरावास्थित अस्पतालमा शल्यक्रिया गरिएको थियो। तर, शल्यक्रियापछि पनि समस्या ननिको भएपछि उनीहरू आर्थिक संकटमा परेका थिए। शल्यक्रियापछि थप समस्या देखिएपछि मियालाई बिरगंजको नारायणी अस्पताल र तराई अस्पतालमा उपचार गराइयो, तर सुधार भएन।

त्यसपछि चितवनको भरतपुर लगेर क्यान्सर अस्पतालमा जाँच गराउँदा चिकित्सकले उनको मिर्गौला र लिभरमा समस्या रहेको बताएका थिए।खातुनका अनुसार, परिवारसँग भएको सबै रकम उपचारमा खर्च भइसकेको छ। थप उपचारका लागि काठमाडौं लैजानुपर्ने भए पनि आर्थिक अभावका कारण उनीहरू घर फर्किन बाध्य भए। हाल घरमा रोजगारी गर्ने कोही नभएकाले औषधि किन्न र दैनिक भोजन जुटाउन समेत समस्या रहेको खातुनले बताइन्।

चार साना छोराछोरी रहेको खातुनले गाउँका छिमेकीहरूले दिएको थोरै-थोरै आटा र चामलले आफ्नो परिवारको जीवनयापन चलिरहेको बताइन्। उनका अनुसार, नोस्तहिमले गाडी चलाएर परिवार पाल्दै आएका थिए, तर बिरामी भएपछि घरको सम्पूर्ण दायित्व शाहबुनमाथि आएको छ। प्रसौनी गाउँपालिका वडा नम्बर-३ का वडा अध्यक्ष पदका उम्मेदवार रामप्रसाद साहले मियाको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको बताए।

नोस्तहिम मियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाली कांग्रेस बारा क्षेत्र नम्बर-४ का सभापति सुनिलप्रसाद गुप्ताले सांसद डा. शर्मासँग उनको उपचारको लागि सहयोग गर्न आग्रह गरेका थिए। साे आग्रहलाई स्वीकार्दै सांसद शर्माले काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उनको निःशुल्क उपचारको व्यवस्था गरेका हुन्। सांसद डा. शर्मा प्रतिनिधि सभाका एक मात्र सांसद हुन्, जसले आफ्नो तलब-भत्ता लिँदैनन्।

उनले नेपालका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी लाखौँ गरिब तथा असहायलाई सेवा प्रदान गर्दै आएका छन्। उनको नेतृत्वमा सम्भव नभएका गम्भीर बिरामीहरूको निःशुल्क उपचार काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा भइरहेको छ। साथै, उनले आफ्नो निर्वाचन क्षेत्रमा जुनसुकै पार्टीका नागरिक भए पनि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved