कोशी प्रदेश सांसद राईको पहलमा डा. शर्माले गरे मानबहादुर खड्काको निःशुल्क उपचारको व्यवस्था

  • चैत ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । इलाम, सूर्योदय नगरपालिका-९ का ६१ वर्षीय मान बहादुर खड्का आर्थिक अभावका कारण लामो समयदेखि उपचार नपाएर पीडित थिए। यो विषय इलामका प्रदेश सांसद तथा पूर्व कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सम्सेर राईको नजराना आयो।

आफ्नै निर्वाचन क्षेत्रका नागरिक उपचार नपाएर दुःख भोगिरहेको थाहा पाएपछि सांसद राई स्वयं बिरामीको घर पुगे । बिरामीको अवस्था देखेर उनले नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मालाई जानकारी गराएपछि सांसद शर्माले खबर सुन्नासाथ मान बहादुर खड्कालाई काठमाडौं मेडिकल कलेज (KMC) ल्याउन आग्रह मात्रै गरेनन निशुल्क उपचारको व्यवस्था गरिदिने समेत बताए। अहिले शमशेर राईको पहलमा बिरामीलाई काठमाडौं ल्याइएपछि  KMC मा उपचार प्रक्रिया सुरु भइसकेको छ।

डा. सुनिल शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजले देशका ग्रामीण तथा दुर्गम भेगका जनताहरूलाई लक्षित गरी निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ। शिविरबाट सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म, स्वास्थ्य शिविरमार्फत लाखौं विपन्न नागरिकहरूले गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन्। शिविरमा सम्भव नभएका जटिल केसहरूलाई उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहेका छ्न।

उता, डा. शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूलाई कुनैपनी राजनीतिक परिवेश नहेरी नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन । आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि काठमाडौं मेडिकल कलेजमा समेत यस्तै व्यवस्थाहरू गरिएको छ।

उनले आफ्नो जीवन समाजसेवा र मानवताको निम्ति समर्पित गर्दै आएका कारण स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरूका लागि उनी आशाको दियो बनेका छन । यस्ता समाजसेवी पहलहरूले लाखौं नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु-याउँदै समाजमा सकारात्मक प्रभाव पारिरहेको सर्वसाधारण बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved