इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेजबीच विशेष छुट सम्झौता

  • चैत ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेज, सिनामंगलबीच स्वास्थ्य सेवा प्रदान सम्बन्धी विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा समाजका सदस्यहरूले ओपीडी उपचारमा २५ प्रतिशत र भर्ना भई उपचार गराउँदा ५० प्रतिशत छुट पाउने उल्लेख छ। समाजका अध्यक्ष डा. बिष्णुप्रसाद दाहाल र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोईना शर्माले सम्झौतामा हस्ताक्षर गर्दै वििििशेचहुट दिने सम्ज्झौता सप्पन्न गरेकी हुन ।

सम्झौतामा इटहरा सरोकार समाजका सदस्यहरू, विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने सदस्य तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ। नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा साथै इटहरा सरोकार समाजका अध्यक्ष डा. बिष्णुप्रसाद दाहाल र सदस्यहरु ,नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देसक इन्दिरा शर्मा बरालको पनि हस्ताक्षर कार्यक्रममा उपस्थ्ति रहेको थियो।

सम्झौता अनुसार, साधारण ओपीडी, भर्ना उपचारका साथै विशेष सेवाहरू (IVF, Liver Transplant लगायत) मा छुट उपलब्ध हुनेछ। यद्यपि, स्वास्थ्य बीमा, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, कन्सुमेबल आइटम्स तथा सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूमा छुट लागू नहुने स्पष्ट गरिएको छ।

IMG_20250317_144630

सम्झौताको अवधि एक वर्ष कायम रहनेछ र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ। आपतकालीन सेवाका लागि अस्पताल र समाज बीच सम्पर्कमा रहने फोन नम्बरहरू समेत उपलब्ध गराइएको छ। काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सांसद डा. सुनिल शर्माको नेतृत्वमा सञ्चालित छ।

डा. शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved