काठमाडौं । राजा ज्ञानेन्द्र शाह चैत ९ गते गोरखा प्रस्थान गर्ने हुनुभएको छ । पूजाअर्चनाका लागि उहाँ गोरखा जान लाग्नु भएको हो।
शाह आगामी ९ गते गोरखनााथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न जान लाग्नुुुएको उहाका सम्वाद सचिव डा. फणिराज पाठकले बताउनुभयो छ।
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।
गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved