डा. शर्माले गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

  • चैत ६, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । माननीय डा. सुनिल शर्माले प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसद शर्माले 'सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव' शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । यो प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ ।

यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने डा. शर्माको भनाइ छ । राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापना गर्नुपर्ने,न्यून आमदानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बीमा प्रिमियममा सहुलित प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बीमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमारबारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच बृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढंगले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वस्थ जनसंख्या निर्माण हुने अपेक्षा सांसद शर्माको छ ।

'आम नागरिकलाई सर्वसुलभ, सहज स्वास्थ्य उपचार पुर्‍याउन सार्वजनिक, निजी साझेदारीको प्रणालीलाई मजबुद गर्दै राज्य निर्देशित, एकरुपात्मक स्वास्थ्य उपचार सेवालाई बढावा दिई गुणस्तरीय, चुस्त सेवाको नमूना विकास हुने,' उनले उल्लेख गरेका छन् । यो प्रस्तावमाथि संसद्मा छलफल चलाउन पनि सांसद शर्माले आग्रह गरेका छन् ।IMG-20250319-WA0005

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved