इन्डियन प्रिमियर लिग: पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित, आज कोलकाता र राजस्थान भिड्दै

  • चैत १३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि ११ रनको रोमाञ्चक जित हासिल गरेको छ।

२ सय ४४ रनको उच्च लक्ष्य पछ्याएको गुजरात २ सय ३२ रन मात्र बनाउन सफल भएसँगै पञ्जाबले विजयी सुरुवात गरेको हो। गुजरातको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो।

उसका लागि कप्तान श्रेयस अय्यरले ९७ रनको नटआउट इनिङ खेल्दा प्रियन्स अर्याले ४७ रन बनाएका थिए। त्यस्तै मार्कुस स्टोइनिसले २० रन बनाउँदा सशांक सिंहले ४४ रनको अविजित इनिङ खेले। गुजरातका लागि साइ किशोरले ३ विकेट लिएका थिए।

२ सय ४४ रनको उच्च लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा २ सय ३२ रनमा समेटियो। उसका लागि साइ सुदर्शनले ७४ रन बनाउँदा जोस बटलरले ५४ रन बनाए।

त्यस्तै सब्सटिच्युट खेलाडी सर्फान रुथफोर्डले ४६ रन बनाएपनि टिमको हार टार्न सकेनन्। प्रतियोगिता अन्तर्गज आज कोलकाताले आफ्नो दोस्रो खेल खेल्दै छ।

पहिलो खेलमा बैंग्लोरसँग पराजित भएको कोलकाताले आज राजस्थानसँग खेल्न लागेको हो। राजस्थान पनि हैदराबाद सँग पहिलो खेलमा पराजित भएको थियो।

यि दुई बिचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा राति ७:४५ मा सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved