इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट

  • चैत १३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट भएको छ।

तेहरानमा उज्बेकिस्तानलाई हराउँदै इरान विश्वकप छनोट भएको हो। इरानलाई विश्वकपमा छनोट गराउने क्रममा मेहदी तरामीले दुवै गोल गरे।

उज्बेकिस्तानका लागि खोजिमाट एर्किनोभ र अबोस्भेक फयजुलेभले गोल गरे। दुई खेल बाँकी रहँदा इरानको २० अङ्क छ। तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्सको १३ अङ्क छ।

एक समूहबाट दुई टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। सो समूहमा दोस्रो स्थानमा रहेको उज्बेकिस्तानको १७ अङ्क छ।समूह एकको अर्को खेलमा किर्गिस्तानले कतारलाई ३-१ ले हरायो।

संयुक्त अरब इमिरेट्सले उत्तर कोरियासँगको खेलको २-१ को सफलता पायो। समूह ‘बी’को खेलमा कोरिया र जोर्डनबीच १-१ गोलको बराबरी भयो। प्यालेस्टाइनले इराक माथि २-१ को सफलता पायो।

ओमानले कुवेतलाई १-० ले हरायो।समूह ‘सी’मा यस अघि नै बराबरी गरिसकेका जापान र साउदी अरेबियाबीच गोल रहित बराबरी भएको छ।

अस्ट्रेलियाले चीनलाई २-० ले हरायो भने इन्डोनेसियाले बहराइनसँगको खेलमा १-० को सफलता पायो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved