सरकारलाई निषेधको राजनीति नगर्न भाष्करराज कर्णिकार, मनिषा कोइराला सहित ३२ जना अगुवाको अपिल

  • चैत १५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारलाई निषेधको राजनीति नगर्न अपिल गर्दै केही सामाजिक अगुवाले अपिल गरेका छन्।

प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन भन्दै भाष्कर राजकर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, टिकाराम यात्री, युवराज घिमिरे, जीवरामभण्डारी, स्वागत नेपाल, सर्वेन्द्र खनालसहित ३२ जना अगुवाले ६ बुँदे अपिल गरेका हुन्।

अपिलको अन्तिम बुँदामा भनिएको छ, ‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ। हामी तपशीलका विभिन्न संस्था र विधामा अबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौँ। यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयम् सरकार हुनेछ।’

अपिल गर्नेमा पूर्व सचिव, पूर्व सुरक्षा प्रमुख, उद्योग वाणिज्य महासंघका नेतृत्वदायी व्यक्तित्वहरु, प्रमुख सञ्चार माध्यमका प्रमुख र वरिष्ठ पत्रकारहरु, चिकित्सक, वरिष्ठ कलाकर्मी तथा साहित्यकार एवम् कूटनीतज्ञहरु समेत सम्मिलित राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु रहेका छन ।

अपिल यस्तो रहेको छ ।

३. आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकारपक्षबाट यथाशीघ्र सहमति, वार्ता र संवादका लागि आह्वान गर्न हामी अपिल गर्दछौं ।

४. जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न समेत अनुरोध गर्दछौं ।

५. साथै यस सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरुलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमनका लागि हार्दिक अपिल गर्दछौं ।

अपिल गर्ने तथा ऐक्यबद्धता जनाउनेहरुमा तपशिलका जाहेरकर्ता रहेका छन

१. भाष्कर राज राजकर्णिकार

२ भवानी राणा

३ विनोद बहादुर श्रेष्ठ

४ राजाराज गिरि

५ दीपक गिरि

६ युवराज घिमिरे

७ कुश कुमार जोशी

८ मनिषा कोइराला

९ अनिल जोशी

१० किशोर थापा

११ भीम उदास

१२ डा. उत्तम कृष्ण श्रेष्ठ

१३ किशोर प्रधान

१४ दिरेकलाल श्रेष्ठ

१५ निर्मलराज पौडेल

१६ श्याम कँडेल

१७ टीकाराम यात्री

१८ दुर्गा बहादुर थापा

१९ जेसन वैद्य

२० यज्ञराज अधिकारी

२१ ए.जी शेर्पा

२२ सर्वेन्द्र खनाल

२३ सुरेन्द्रवीर मालाकार

२४ मधुसदून थापा

२५ निर्मलराज पौडेल

२६ जीवराम भण्डारी

२७ ध्रुव नारायण श्रेष्ठ

२८ दिनेश श्रेष्ठ

२९ विक्रम पाण्डे

३० डा. गोपाल तिवारी

३१ आशिष शेरचन

३२ स्वागत नेपाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved