भाजपा नेता विजय जोलि भन्छन नेपाली जनता हिन्दू राष्ट्र चाहन्छन्

  • जेठ ७, २०८२
  • कालापानी मिडिया
alt

भारतीय जनता पार्टी (भाजपा)ले काठमाडौंमा नै पत्रकार सम्मेलन गरी नेपाली जनताको भावना हिन्दू राष्ट्र बनाउने रहेको धारणा प्रकट गरेको छ।

भाजपाका तर्फबाट नेपाल भ्रमणमा रहेका नेता बिजय जोलीले पत्रकार सम्मेलन गरी बुधबार यस्तो बताएका हुन्। ‘हिन्दू राष्ट्रका लागि नेपाली जनतामा गहिरो भावना रहेको मैले बुझेको छु’इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा रहेका जोलीले भने,‘यत्रो जनताले चाहेको विषयमा म साथ दिन्छु।’

उनले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए। नेपालका ८१ प्रतिशत हिन्दू जनताले नेपालमा हिन्दू राष्ट्र चाहने बताउँदै उनले यसका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताए।

उनले जनताको यो मूल भावनालाई ध्यानमा राखेमा देशको लोकतन्त्र झन् बलियो हुने बताए। यो चार दिनको भ्रमणमा नेपाली जनताको भावना थाहा पाएको बताउँदै उनले यसमा यहाँका राजनीतिक दलले पुनःविचार गर्ने हो कि भन्ने आशा आफूमा रहेको बताए ।

उनले सन् २०२१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा प्रभु रामको जन्म भएको भन्ने अभिव्यक्तिलाई स्मरण गर्दै भने, ‘राम मन्दिर निर्माणको सन्दर्भमा ओलीले दिएको निर्देशन मेरो मस्तिष्कमा अझै ताजै छ। नेपाल–भारतको साझा सांस्कृतिक मूल्यमान्यता गहिरो छ।’ ने

पालमा गणतन्त्र बिरोधी आन्दोलनको घोषणा भएको पूर्वसन्ध्यामा जोलीको यो भनाई अर्थपूर्ण छ। राप्रपालगायतका राजावादी दल र समूहले हिन्दू राष्ट्रसहितको राजसंस्थाका निम्ति आगामी १५ गतेदेखि आन्दोलनको घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved