राजसंस्था पुनर्स्थापनाका लागि स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई प्रस्ताव

  • जेठ ८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाईपनि सहकार्यका लागि प्रस्ताव पठएका छन।

सुवेदीले राजावादी पत्रकार राधिका जोशी,राप्रपा केन्द्रिय सदस्य उदयराज पोखरेल लगायत मार्फत पत्र नै पठाएर राजावादी आन्दोलनमा सहकार्यको प्रस्ताव गरेका हुन्। उनले वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षाहरू पूरा गर्न असफल भएको सन्दर्भमा आफुहरुलाई यस्तो व्यवस्था परिवर्तनमा साथ दिन आग्रह पनि गरेका छन ।

बिगत केही वर्ष देखी सिंहले संसदमा जन आवाज, भ्रष्टाचार तथा हालको व्यवस्था अन्तर्गत निष्पक्ष आवाज उठाइरहेका कारण उनलाई यो पत्र पठाएको राजसंस्था पक्षधरहरुले बताएका छन ।

"पत्रमा लेखिएको छ, राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलियकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।"

यता, सिंहले पनि देश र जनताको पक्षमा हुने आन्दोलनमा आफ्नो समर्थन हुने बताएका छ्न ।IMG-20250522-WA0007

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved