राजावादी आन्दोलनलाई नदबाउन अन्तर्राष्ट्रिय संस्था आईडीयूको नेपाल सरकारलाई आग्रह (विज्ञप्तिसहित)

  • जेठ १०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । जेठ १५ गतेदेखि पूर्वघोषित राजावादी शक्तिको प्रदर्शन र आन्दोलनलाई नदबाउन सरकारलाई अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल डेमोक्रेटीक युनियन (आईडीयू)ले सन्देश दिएको छ।

सरकारले गणतन्त्रको बिरोधमा आन्दोलन भए प्रतिबन्ध समेत लगाउन सक्नेसम्मको सरकारका प्रवक्ता सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका थिए। तर आईडीयूले नागरिक अभिमत दबाउन नहुने जनाएको छ। उक्त संस्थाले एक विज्ञप्ति जारी गरेर नै राजावादी संस्थाको आन्दोलनको विषयमा धारणा सार्वजनिक गरेको हो।

उसले भनेको छ,‘आईडीयूले नेपालमा हाल भइरहेका राजतन्त्रवादी सार्वजनिक प्रदर्शनहरूलाई नजिकबाट निगरानी गरिरहेको छ र देशको सरकारलाई आफ्ना नागरिकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने लोकतान्त्रिक अधिकारको पूर्ण प्रयोग गर्न अनुमति दिन आह्वान गर्दछ।’

संस्थाले अगाडि थपेको छ,‘हामी स्वीकार गर्छौं कि शान्तिपूर्ण विरोध प्रत्येक लोकतान्त्रिक समाजको आधारशिला हो, र हामी नेपाल सरकारले धेरै राजतन्त्रवादी नेताहरूलाई पक्राउ गरेकोमा निन्दा गर्छौं, जसमध्ये धेरै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्य छन्।’

शान्तिपूर्ण रूपमा आफ्नो राजनीतिक विचार व्यक्त गरेकोमा गैरकानूनी रूपमा पक्राउ गरिएका सबै नागरिकहरूको तत्काल, बिना शर्त रिहाइको लागि आईडीयूले आह्वान गरेको छ।

IMG-20250524-WA0000

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved