महारा विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनी शाही मृत फेला

  • जेठ ११, २०८२
  • कालापानी मिडिया
alt

भक्तपुर । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनी शाही आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्।

सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बसिरहेकी शाही आइतबार दिउँसो आफ्नै कोठामा मृत भेटिएकी हुन्।

भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार कोठाको ढोका लामो समयसम्म नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जनप्रतिनिधिको रोहबरमा ढोका फोड्दा शाही भुइँमा अचेत अवस्थामा भेटिएको र पछि मृत घोषणा गरिएको जानकारी दिए।

प्रहरीका अनुसार उनको कोठा भित्रैबाट चुकुल लगाइएको थियो। केही दिनदेखि उनी घरमै एक्लै थिईन् भने उनका श्रीमान उपत्यका बाहिर गएका थिए।

स्थायी घर जाजरकोट रहेको शाहीका सन्तान भने विदेशमा रहेका छन्। शवमा कुनै किसिमको बाह्य चोटपटक देखिएको छैन।

घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको जनाइएको छ। मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved