कांग्रेसको पदाधिकारी बैठक बस्दै, गृहमन्त्रीको राजीनामा माग र बजेट तथा समसामयिक विषयमा छलफल

  • जेठ १२, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्दैछ। बैठकमा क्रियाशील सदस्यता र नवीकरणको अवस्थाबारे महामन्त्री गगन थापाले जानकारी गराउने मुख्य कार्यसूची रहेको छ।

साथै, बैठकमा बजेट र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ। विशेषगरी, गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा लागेको संलग्नताको आरोप प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ। कांग्रेस अहिले आफ्नै दलबाट गृहमन्त्री रहेका लेखकमाथि लागेको आरोपका कारण अप्ठ्यारोमा परेको छ।

भिजिट भिसाको नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ। अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको नाम मुछिएको छ।

यस विषयमा कांग्रेसकै शीर्ष नेताहरूले गृहमन्त्री लेखकलाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब दिइरहेका छन्। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सुनिल शर्माले भने, ‘रमेश लेखक जतिको आदर्शवान नेताले सदन खुल्न अघि राजीनामा दिएर ममाथि अनुसन्धान गर्नुस् भन्नुपर्छ र भन्नुहुन्छ जस्तो लाग्छ मलाई।’

त्यस्तै, नेपाली कांग्रेसका अर्का नेता डा। शेखर कोइरालाले पनि गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिँदै भनेका छन्, ‘अहिले मोरल स्टाटस के हो भने उहाँको नाम आइसकेपछि राजीनामा दिएर छानविनका लागि मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ।’ उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण गराएका छन्।

यस घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि गम्भीर रूपमा लिएको पार्टीका नेताहरूले जनाएका छन्। रास्वपाकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले यसलाई ‘भिजिट भिसा प्रकरण नभई मानव तस्करी’ को संज्ञा दिँदै उच्च तहको संलग्नताको आशंका व्यक्त गरेकी छन्।

यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको थियो। तर, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved