आफुमाथी स्पष्टीकरण माग भएपछि सांसद शर्मा भन्छन, "सत्य र न्यायका लागि सुकरातले विष पिएझैँ लड्छौं"

  • जेठ १२, २०८२
  • कालापानी मिडिया
alt

 काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा डा. शेखर कोइराला, राजेन्द्र बजगाईं र डा. सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएपछि डा. शर्माले कडा प्रतिक्रिया जनाएका छन्।

बैठकमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टी नेताहरूलाई बोलाएर कुराकानी गर्न सुझाव दिइएको थियो। नेता शशांक कोइरालाका अनुसार, सभापतिलाई ती नेताहरूसँग भेटेर स्पष्ट पार्न आग्रह गरिएको भए पनि देउवाले यसबारे कुनै जवाफ नदिएको बताए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो। तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ।

यसै सन्दर्भमा डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “युग परिवर्तन गर्न, सत्य र न्यायका लागि लड्न पश्चिमा दर्शनका जनक सुकरातले हेमलट विष पिएर आधुनिक युगको प्रारम्भ गर्नुभयो। सबैलाई चेतना भया।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved