युवाहरूसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूको साक्षात्कार

  • जेठ १२, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले युवाहरूसँग साक्षात्कार कार्यक्रम गरेको छ।

सोमबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राप्रपाले जेठ १५ गतेदेखि हुने राजसंस्था पुनःस्थापनाको आन्दोलनको सन्दर्भमा पार्टीका ४० वर्षमुनिका युवाहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको हो।

त्यसक्रममा पार्टीका युवा नेताहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मञ्चमा राखिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष चुनाव लडेर जित्न चुनौती दिए। यस्तै, उनले जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा लिनू भन्ने प्रधानमन्त्री ‍ओलीको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

आइतबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजसंस्था पक्षधरले आन्दोलन घोषणा गरेको दिन जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। तर, राप्रपासहित राजसंस्था पुनर्स्थापना पक्षधर शक्तिहरूले जेठ १५ गते राजसंस्था स्थापनाका लागि आन्दोलन गर्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved