राजावादीहरुलाई काठमाडौं छिर्न नदिन प्रहरी प्रशासनलाई प्रधानमन्त्री ओलीको निर्देशन

  • जेठ १४, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं। राजावादी संघ संस्था र पार्टीसहितले विहीबारदेखि गर्ने भनेको प्रदर्शन र आन्दोलनलाई चक्रपथ बाहिर नै सीमित राख्न प्रधानमन्त्री ओलीले हठ देखाएका छन्।

सुरक्षा निकायका प्रमुखसँगको ब्रिफिङका क्रममा उनले त्यस्तो हठसहित निर्देशन दिएको उच्च स्रोतले जनाएको छ। चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

स्रोतका अनुसार वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस बिषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए। राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।

नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ। सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन्।

राजावादीको कार्यक्रम कहाँ गरिने भनेर अहिलेसम्म पनि टुङ्गो लागेको छैन। प्रधानमन्त्री ओली तानाशाही र निरङ्कुश अनि भिडन्त गराउने अभिप्रायमा लागेको राप्रपाले आरोप लगाइसकेको छ।

सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा सांसदहरुले पनि प्रधानमन्त्री ओलीको उक्त व्यवाहारको जिम्मा लिन नसकिने जनाइसकेको छ। यता मानव अधिकार आयोगले पनि प्ररधानमन्त्रको उक्त ब्यवहार गलत भएको भन्दै बिज्ञप्ति नै निकालेको थियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved