काठमाडौँ । राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित राजसंस्था पक्षधरहरूले आज पनि प्रदर्शन गरेका छन्।
आन्दोलनको पहिलो दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरिएको थियो। दोस्रो दिन शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो।
आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत राजसंस्था पक्षधर दल तथा विभिन्न संघसंस्थाको सहभागिता छ। तेस्रो दिनको आन्दोलन शनिबार महेन्द्र शालिक दरबारमार्गमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved