नेपाल सरकारको आ.व.२०८२/८३ को बजेटमा नेपाल डेरी एसोसिएसनको धारणा

  • जेठ १७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलले जेठ १५ गते संयुक्त संसदमा प्रस्तुत नेपाल सरकारको आ.व.२०८२/८३ को बजेट माथि सकारात्मक टिप्पणी गरेका छन् ।

अध्यक्ष दाहालका अनुसरा बजेटको आकार ठूलो भएको र कार्यान्वयनमा शंका गर्ने ठाँउ प्रशस्तै रहेको भएता पनि कृषि क्षेत्रमा भने राम्रो सम्बोधन भएको बुझिन्छ । कृषि क्षेत्रमा बजेटको आकार नबढे पनि कार्यक्रम भने सकारात्मक रहेको छ । दुध तथा दुग्ध क्षेत्रमा रहेका केही कुराहरु अन्तशुल्क, भ्याट, निर्यातका कुरामा केही सम्बोधन भएको देखिन्छ ।

दुग्ध विकास संस्थानको पूर्नसंरचना, साना व्यवसायीलाई करमा छुट, विद्यार्थीहरुलाई व्यवसाय शुरु गर्न सहुलियत कर्जा, सामान आयात गर्दा लिइने एग्जिम कोर्डको लागि राख्नु पर्ने रकममा छुट, उपत्यकाबाट उद्योग बाहिर स्थानन्तरण गर्दा सहुलियत, औद्योगिक ग्राममा लाग्ने भाडामा सहुलियत, निर्यात गर्दाको मुनाफा बाहिर देशमा लगानी गर्न पाउने सुविधा, भूमि बैंक, जग्गा बाँझो राख्न नपाउने प्रावधान, सहकारीको पैंसा अपचलन गर्नेको राहदानी जफत, महिला उद्यमीलाई सहुलियत, विद्युतीय सवारी साधनमा दिइएको सुविधा यावत् लगायतका विषयहरु राम्रा छन् ।

यती हुँदा हुदै पनि बाह्य कर्जामा भर पर्नु पर्ने बजेट भएकोले कार्यान्वयनमा भने शंखा गर्न मिल्ने प्रशस्तै ठाँउ देखिन्छ । आशा गरौं बजेट पूर्णरुपले कार्यान्वयन हुनेछ र समग्र देशले विकासको फट्को मार्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved