मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै

  • जेठ १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । आईपीएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अमदाबदमा हुनेछ।

शुक्रबार चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित गरेको थियो। पञ्जाब भने पहिलो क्वालिफायर्समा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएर दोस्रो क्वालिफायर्स खेल्न लागेको हो।

यी दुई टोलीबीच आईपीएलमा ३२ भिडन्त हुँदा १७ खेल मुम्बईले जितेको छ भने १५ खेलमा पञ्जाब विजयी भएको छ। हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई र श्रेयस ऐय्यरको कप्तानीमा रहेको पञ्जाबका लागि मुम्बई भारी पर्न सक्ने आँकलन गरिएको छ।

 

पछिल्लो भेटमा भने पञ्जाबले मुम्बईलाई हराएको छ। आजको विजेताले मंगलबार राति बैंगलुरुसँग उपाधिका लागि खेल्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved