पृथ्वीनारायण शाहको अपमान गर्ने ओलिलाई बोक्नु पर्दैन - कांग्रेस नेता शंकर भण्डारी

  • जेठ १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति दिएको अभिव्यक्तिको भत्सना गर्दै पार्टी सभापति शेरबहादुर देउवासँग सरकारलाई दिएको समर्थनको समीक्षा गर्न माग गरेका छन्।

‘कस्तो विडम्बना, स्वयं हत्यामा दोषी करार ब्यक्तिले राष्ट्र निर्मातालाई अपमानजनक रुपमा प्रस्तुत गरेको छ। यो अभिव्यक्ति पछि नेपाली कांग्रेससँग पृथ्वीनारायण शाहको नेतृत्वमा निर्मित मुलुकको अखण्डता र राष्ट्रियताका लागि समर्पित रहने या ओलीको झोला बोक्ने।

दुई विकल्प मात्र रहेका छन्?’, उनले भने भण्डारीले सभापति देउवालाई तत्काल ओलीसँग स्पष्टीकरण माग्न आग्रह गर्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिए राष्ट्रियता, स्वतन्त्रता र प्रजातन्त्रबारे समान धारणा राख्ने साथीहरुले उचित निर्णय लिन अग्रसर हुने पनि बताए। नेपाल एकीकरणका नायकको अपमान गरेर ओली बाह्य दासत्वतर्फ मुलुकलाई धकेल्न अग्रसर देखिन्छन्।

‘उनीसँग या त इतिहासको ज्ञान, राष्ट्रियता र राष्ट्र प्रेम छैन। या उनले मानसिक सन्तुलन गुमाएका छन्’ उनले भने । यो खबर देश संचारले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved