प्रधानमन्त्रीले बोलाए तीन दलको बैठक

  • जेठ १९, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं- राजसंस्था पक्षधरहरूको आन्दोलन र संसद् अवरोधलगायत विषयमा कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार बेलुकी ४ बजे बस्नेगरी तीन दलको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा कांग्रेस र माओवादीबाट कोको सहभागी हुने स्पष्ट भइसकेको छैन।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा लगातार गृहमन्त्री राजीनामा माग्दै संसद् अवरोध गरिरहेका छन्। गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायमै राख्ने विपक्षीले बताएका छन्I।

एमाले संसदीय दलको बैठकमा ओलीले सोमबार माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग संसद्को अवरोध हटाउने विषयमा कुरा गर्न खोजे पनि उनीसँग सम्पर्क नभएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved