वरिष्ठ क्यान्सर विशेषज्ञ डा. रौनियार अब विराटनगर नोबेल मेडिकल कलेजमा

  • जेठ २९, २०८२
  • कालापानी मिडिया
alt

नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्ने भएका छन।

अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्। डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुन, जसले क्यान्सर उपचारको क्षेत्रमा चार दशकभन्दा बढी समय समर्पण गरेका छन।

उनि नेपालमा मेडिकल अङ्कोलोजी अभ्यास सुरु गर्ने प्रारम्भिक चिकित्सकमध्ये एक हुन । लामो समयसम्म उनले भरतपुरस्थित बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा गरे र त्यहाँको मेडिकल अङ्कोलोजी विभाग प्रमुखको जिम्मेवारी पनि पनि सम्हाले। उनको विशेषज्ञता स्तन, डिम्बाशय, फोक्सो लगायतका ठूला ट्युमरहरूको उपचारमा केन्द्रित छ।

लक्षित चिकित्सा (Targeted Therapy), इम्यूनोथेरापी, फैलिएको क्यान्सरको उपचार (Metastatic Care) तथा जीवन गुणस्तर सुधार गर्ने पालीएटिभ केयरमा उहाँ विशेष दक्ष हुनुहुन्छ। साथै, किमोथेरापीको असरस्वरूप देखिने जटिलता र साइड इफेक्टहरूको व्यवस्थापनमा पनि उनको अनुभव अत्यन्तै उपयोगी छ। डा. रौनियारको समावेशसँगै नोबेल क्यान्सर अस्पताल क्यान्सर उपचारको क्षेत्रमा अझै सशक्त बनेको छ।

पूर्वी नेपालका बिरामीहरूका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हट्दै, स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ। यससँगै नोबेल मेडिकल कलेजले बिगत केही महिनादेखि नेपालमै पहिलोपटक रेडिएसन थेरापीसहितको अत्याधुनिक प्रविधि प्रयोग गरी क्यान्सर उपचार सुरु गरेको छ।

करिब ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको नयाँ भवनमा अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र सहकर्मीहरूमार्फत सेवा विस्तार गरिएको हो। उपलब्ध रेडिएसन प्रविधिमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडीएमआईसी, एसआरएस र एसबीआरटीजस्ता सुविधाले बिना शल्यक्रिया नै क्यान्सरको उपचार गर्न सक्ने क्षमता रहेको बताइएको छ।

यस्तै IGRT, IMRT र VMAT प्रविधिले सामान्य स्वस्थ कोषहरूलाई क्षति नपुर्‍याई केवल क्यान्सर सेललाई लक्षित गरी नष्ट गर्न सक्षम बनाउँछन्। ब्राकी थेरापी प्रविधिबाट उपकरणको सहायताले शरीरभित्र नै पुगेर क्यान्सर सेललाई विनादुखाइ नष्ट गर्न सकिने जनाइएको छ। नेपालमै पहिलोपटक नोबेलले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई (iMRI) प्रविधिको प्रयोगमार्फत हजारौँ बिरामीको सफल न्युरो सर्जरी गरिसकेको छ।

अत्याधुनिक उपकरणहरूको प्रयोगले सर्जरीको जटिलता कम गर्दै सुरक्षित र प्रभावकारी उपचार सम्भव बनाइएको छ। नोबेल क्यान्सर अस्पतालमा क्यान्सर रोगका लागि दैनिक ओपीडी सेवा, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, डे केयर, किमोथेरापी, शल्यक्रिया, भर्ना गराई उपचार गरिने अन्तरङ्ग सेवा तथा रेडिएसन थेरापीसमेत सञ्चालनमा छन्।

नेपालमै उत्कृष्ट क्यान्सर उपचार केन्द्रका रूपमा नोबेल क्यान्सर अस्पतालको उपस्थिति थप सशक्त बन्दै गएको छ। नोबेल नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनील शर्माको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved