राप्ती अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोल

  • असार २०, २०८२
  • कालापानी मिडिया
alt

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन्।

घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि आज बिहान ४ बजे प्रतिष्ठानमा ल्याइएकामा १० बजेसम्म सामान्य डेलिभरी हुने बताइए पनि नभएपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो।

शल्यक्रियामार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु भएकाले चिकित्सकको कमजोरी भएको आफन्तहरुको आरोप छ। उनीहरुले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ।

मृतकका ससुरा महाबीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएकाले न्याय नपाएसम्म शव नउठाउने बताए। नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनीहरुको अडान छ।

प्रतिष्ठानका निर्देशक डा जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved