राप्रपामा एकपछी अर्कोले राजिनामा दिदै, सिता बस्यालले पनि गरिन पार्टी परित्याग

  • साउन १६, २०८२
  • कालापानी मिडिया
alt

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।

उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् । पार्टीमा रहँदा पाएको अनुभव, साथ,सहयोग,विश्वासप्रति उनले आभार समेत प्रकट गरेकी छन् ।

'पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु । आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग निर्णयमा पुगेकी छु,' उनले राजिनामा दिनुको कारण नखुलाएपनी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बाेधन गर्दै फेसबुकबाटै राजिनामा पत्र लेखेकी छन् ।

केही दिन अघिमात्रै अर्का केन्द्रिय सदस्यले पार्टी नेतृत्वको मनपरिको कारण देखाउदै पार्टी परित्याग गरेका थिए ।IMG_20250801_225359

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved